बचत गरौं , भविष्य सुरक्षित पारौं।

आजैदेखि बचत गरि आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्।

८७०+

४७%

५३%

हाम्रा सेवाहरु

नियमित बचत खाता
  • ५ % ब्याज दर
  • न्युनतम बचत रकम रु ५००
मासिक बचत खाता
  • ५ % ब्याज दर
  • न्युनतम बचत रकम रु ५००
मुद्दती बचत खाता
  • १० % ब्याज दर
  • न्युनतम बचत रकम रु ५००००

संस्थाको परिचय

यस संस्थाको स्थापना २०६९ साल फाल्गुन १४ गते भएको हो । तत्कालिन डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता नं. ९९६/०६९/०७० कायम भई दर्ता भएको यस संस्थाले आफ्नो कार्यक्रम र कार्ययोजना विस्तार गरी समुदायमा आधारित सक्षम र दिगो वित्तीय सहकारी संस्था बन्न सफल भएको छ । यस संस्थाको सहकारी मुल्य र सिद्धान्तलाई आत्मसात गर्दै संस्थाको निति, विधि र दक्ष जनशक्तिको विकास, प्रयोग र परिचालन गर्ने तथा आधुनिक प्रविधिको प्रयोग गरी सर्वसुलभ र गुणस्तरीय वित्तिय तथा गैह्र वित्तीय सेवामार्फत सदस्यहरुको जीवनस्तर रुपान्तरणको लागि क्रियाशिल रहने ध्येय रहेको छ।

“हामीले हाम्रा सदस्यहरूलाई आर्थिक वृद्धिमा टेवा पुग्ने गरी बचत, ऋण,रेमिट्यान्स र सामाजिक सेवाहरू उपलब्ध गराउँदै आएका छौं। हाम्रो योजना एक उत्कृष्ट वित्तीय सहकारी बन्ने हो । हाम्रो लक्ष्य हासिल गर्न, हामी शीर्ष संगठन र साझेदारी गर्छौं ।”

सुरेश महर्जन

अध्यक्ष